स्वागतम्,
Saturday 4th May 2024   |   Switch to English
Times of Nepal

सबै युवालाई उद्यमशील बनाउन कोष स्थापना गर्दैछौं : मुख्यमन्त्री राई

सेयर गर्नुहोस

 ९ पुस : प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले आगामी दश वर्षभित्रमा प्रदेशका युवाहरुले रोजगारीका लागि अन्यत्र भौतारिन नपर्ने गरी प्रदेश सरकारले उद्यमशीलता विकासको गुरुयोजनासहित कोष स्थापना गर्ने बताउनुभएको छ ।

मेची उद्योग वाणिज्य सङ्घले झापाको धुलाबारीमा आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रि«य औद्यागिक, व्यापार तथा पर्यटन महोत्सवको आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेशबाट बेरोजगारी अन्त्य गर्न ‘मुख्यमन्त्री युवा उद्यमशील कार्यक्रम’ सञ्चालन गरिने जानकारी दिनुभयो ।

“बेरोजगारी अन्त्य गर्न दशवर्षे गुरुयोजना बनाइसकेका छौं”, उहाँले भन्नुभयो, “यसका लागि खडा गरिएको कोषको कार्यविधि केही दिनमा पारित भएपछि सार्वजनिक गर्नेछौं ।” कोषका लागि प्रदेश सरकारले चालू बजेटमा रु २० करोड छुट््याइएको बताउनुभयो । पैसा नहुने युवाले सोही कोषबाट रकम लिएर उद्यम गर्ने व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।

निजी क्षेत्रसँग मिलेर आर्थिक विकासका गतिविधि सञ्चालन गर्ने प्रदेश सरकारको नीति रहेको उल्लेख गर्दै उहाँले प्रदेशका सबै विकास निर्माणका कार्य गुरुयोजनामार्फत अघि बढाइने बताउनभयो ।

आगामी दश वर्षभित्र सात हजार २२६ किलोमिटर सडक निर्माण गर्ने लक्ष्यका साथ दशवर्षे प्रादेशिक सडक सञ्जाल गुरुयोजना सार्वजनिक भइसकेको र प्रदेशलाई मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने गरी पर्यटन गुरुयोजना यही वर्षभित्र निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

मेची उद्योग वाणिज्य सङ्घले आजदेखि १७ गतेसम्म आयोजना गरेको अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको उद्घाटनमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ ।

मेचीनगरको हङकङ बजारको रुपमा चिनिएको धुलाबारीमा शुरु भएको महोत्सवमा नेपाल, भारत र बङ्गलादेशका २०० वटा कक्ष रहेको महोत्सव मूलआयोजक समितिका संयोजक भूमि पौडेलले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -