स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

विकास र समृद्धिको अभियानमा लाग्न आग्रह

सेयर गर्नुहोस

९ पुस : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको जगमा कर्णाली प्रदेश तथा समग्र देशको विकास र समृद्धिको अभियानमा लाग्न आग्रह गर्नुभएको छ ।

उहाँले नेपाली जनताको लामो सङ्घर्षपछि मुलुकले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता रक्षा गर्दै सबै जाति, धर्म, भाषा, संस्कृति, लिङ्ग, वर्ग र क्षेत्रका नागरिकलाई मुख्यमन्त्री शाहीले सन्देशमार्फत आह्वान गर्नुभएको छ ।

इसाई धर्मावलम्बीको महान् पर्व ‘ख्रीष्टमस’ का अवसरमा देशवासीमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले भन्नुभएको छ, “इसाई धर्मावलम्बीको महान् पर्व ‘ख्रीष्टमस’ को यस पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र विविधतापूर्ण भूगोल भएको एवं विविधिताका माझ समाजमा मानिँदै आएका विभिन्न धर्म, संस्कृति र पर्वले नेपाली समाजलाई बलियो बनाएको सन्देशमा उल्लेख गर्दै उहाँले आज पर्न गएको इसाई धर्मावलम्बीको महान् पर्व ‘ख्रीष्टमस’ ले विदेशका साथै स्वदेशमा रहनुहुने आम नेपाली आमाबुबा, दाजुभाई दिदीबहिनीका साथै सम्पूर्णमा आपसी सद्भाव, स्नेह, सहिष्णुता, भ्रातृत्वको भावनामा वृद्धि हुँदै राष्ट्रिय एकता कायम हुनेमा विश्वास लिएको बताउनुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -