स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

धनुषामा १५ हजार घुस सहित सई अख्तियारको फन्दामा

stop crruption, trending news, hot news, latest news
सेयर गर्नुहोस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाबाट १५ हजार घुस रकमसहित एक प्रहरी नायव निरीक्षक (सई) लाई  पक्राउ गरेको छ ।

प्राप्त जानकारी अनुसार धनुषाको यज्ञभूमी प्रहरी चौकीमा कार्यरत सई कालीचरण पंजियारलाई १५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास टोलीले रंगेहात पक्राउ गरेको हो ।

शुक्रवार साँझ दुर्घटनाको मुद्दा मिलाईदिने भन्दै एक स्थानीयसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पंजियारलाई धनुषाको मिथिला नगरपालिका–६ ढल्केवर चोकबाट रंगेहात पक्राउ गरेको आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।

घुस रकमसहित पक्राउ परेका सई पंजियारलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं टंगाल पठाईएको आयोगले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -