स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

नेविसङ्घको नेतृत्व तत्काल ल्याउन माग

नेविसङ्घ - The Times Of Nepal
सेयर गर्नुहोस

 २५ मङ्सिर : नेपाली कँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले तत्काल नेविसङ्घको नेतृत्व ल्याउन माग गरेका छन् । नेविसङ्घले आज यहाँ आयोजना गरेको ‘विवेकपूर्ण व्यवहार–काँग्रेस एकताको आधार, प्राकृतिक न्यायको आधारमा नेविसङ्घको नेतृत्वमा हाम्रो अधिकार’ विषयक विचार गोष्ठीमा नेविसङ्घका नेताले नेविसङ्घलाई अनिर्णयको बन्दी बनाउन नहुने बताएका हुन् ।

कार्यक्रममा नेविसङ्घका नेता मनोजमणि आचार्यले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्वसन्ध्यामा नेविसङ्घको नेतृत्व नहुनु दुःखद भएको बताउनुभयो । “अरू राजनीतिक दलका विद्यार्थी सङ्गठन क्याम्पसमा गएर सदस्यता वितरण गरिसके तर नेविसङ्घ नेतृत्व खोजेर बसिरहेको छ”, उहाँले भन्नुभयो । इतिहास बोकेको विद्यार्थी सङ्गठन कमजोर हुँदै गएको उहाँको भनाइ छ ।

नेविसङ्घका नेता दीपक भट्टराईले पार्टी नेतृत्वले काखा र पाखाको आधारमा क्षमतावान् व्यक्तिलाई किनारा लगाएर अयोग्य व्यक्तिलाई नेतृत्व दिन खोजेको आरोप लगाउनुभयो । “नेविसङ्घको नेतृत्व षड्यन्त्रको कोखबाट होेइन सङ्घर्षको मैदानबाट जन्मन्छ”, उहाँले भन्नुभयो ।

नेविसङ्घका नेता हिमालदत्त श्रेष्ठ, प्रतिमा गौतम, शिव रिमाललगायतले पार्टीको नर्सरीका रुपमा रहेको नेविसङ्घ लामो समयदेखि खाली हुनु दुर्भाग्य भएको बताएका छन् । विसं २०७५ माघमा नेविसङ्घका तत्कालीन अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि हालसम्म नेविसङ्घ नेतृत्वविहीन बन्दै आएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -