स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

विश्व मानव अधिकार दिवसमा राष्ट्रपति

विश्व मानव अधिकार दिवसमा राष्ट्रपति
सेयर गर्नुहोस

२४ मङ्सिर : राष्ट्रपति विद्यादेवी भण्डारी ७१औँ विश्व मानवअधिकार दिवस, २०७६ का अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सिंहदरबारमा आयोजना गरेको जलपान समारोहमा सहभागी हुनुभयो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा, मन्त्रिगण, सांसदहरु, संवैधानिक निकायका प्रमुख, नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले विश्वव्यापी मानव अधिकारको घोषणाप्रतिको नेपालको प्रतिबद्धतालाई पुनः दोहो¥याउन दिवसले प्रेरित गरेको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -