स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

उपल्लो मुस्ताङ जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण

सेयर गर्नुहोस

 २४ मङ्सिर : उपल्लो मुस्ताङ जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण गरिएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित समरखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले स्थानीयवासी र समरगाउँ भएर उपल्लो मुस्ताङ जाने आउने पर्यटकलाई लक्षित गरेर पुल निर्माण गरेको हो । रु ८८ लाख ७९ हजार ९९९ मा ठेक्का सम्झौता गरेको थानी–हिमशिखर–रामकृष्ण जेभीले पुल निर्माण सकेको कार्यालयका सवइञ्जिनीयर रविन चोखालले जानकारी दिनुभयो । पुलको लम्बाइ १३० मिटर छ ।

समरखोला, लेतेखोला र म्याग्दीको खोलाखर्कमा झोलुङ्गे पुल बनाउन कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । मङ्गला गाउँपालिकाको खोलाखर्कमा १७२ मिटर र थासाङ गाउँपालिकाको लेतेखोलामा १४२ मिटर लामो पुल निर्माण शुरु भएको कार्यालयका इञ्जिनीयर आशिष पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो गण्डकी प्रदेश सरकारले बनाएको पहिलो झोलुङ्गे पुल हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -