स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

सौर्य ऊर्जाको क्षेत्रमा लगानी गर्न आग्रह

सेयर गर्नुहोस

 २३ मङ्सिर   : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा, जलविद्युत र सौर्य ऊर्जाका क्षेत्रमा इजरायली लगानीकर्तालाई लगानीका लागी प्रेरित गरिदिन आग्रह गर्नुभएको छ ।

इजरायली विकास नियोगका प्रमुख गील हसकेलले आज आफूसँग गर्नुभएको भेटमा उहाँले प्रशारण लाइन विस्तार, जलविद्युत र सौर्य ऊर्जाको विकासमा सहकार्य गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा मन्त्री पुनले सरकारले पाँच वर्षमा पाँच हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको भन्दै खपतका लागि आन्तरिक र बाह्य बजार तयार रहेको जानकारी गराउनुभएको थियो । भेटमा प्रमुख हसकेलले स्मार्ट ग्रीड, पावर स्टेशन र स्मार्ट सोलुशनका क्षेत्रमा काम गर्न इजरायल इच्छुक रहेको बताउनुभएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -