स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

तेह्रौँ साग : पौडीमा सिंहलाई रजत

South Asian games 2019, SAG - The Times Of Nepal
सेयर गर्नुहोस

 २१ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पौडीमा गौरिका सिंह १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्नबाट चुक्न्ुभएको छ ।

उहाँले रजतमै चित्त बुझाउनुभयो । सातदोबाटोस्थित पौडीपोखरीमा आज भएको उक्त स्पर्धामा सिंहले निर्धारित दूरी एक मिनेट ३ दशमलव १५ सेकेण्डमा पूरा गर्नुभयो । उक्त स्पर्धामा उहाँ भारतकी मन्नाराजीव पटेलभन्दा एक सेकेण्डभन्दा कम दूरीले पछाडि पर्नुभयो ।

पटेलले सो दूरी एक मिनेट २ दशमलव ३५ सेकेण्डमा पूरा गर्नुभयो । जारी १३औँ सागमा अहिलेसम्म सिंहले दुई स्वर्ण जितिसक्नुभएको छ । उहाँले दुई मिटर ब्याकस्ट्रोक र फ्रिस्टयालमा स्वर्ण जित्नुभएको हो । पौडीमा नेपालले हालसम्म दुई स्वर्ण, दुई रजत र एक कास्य जितेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -