स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

बाबुआमाको हत्या

खुकुरी प्रहार,खोज,अपराध - The Times Of Nepal
सेयर गर्नुहोस

२० मङ्सिर  : रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खगना यादवको उनकै कान्छा छोरा गोरख यादवले हत्या गरेका छन् ।

२८ वर्षीय छोरा गोरख वृद्धा बुबा आमासँगै बस्दै आएका थिए । पाँच भाइमध्ये कान्छा गोरखले शुक्रबार अपरान्ह एक्कासी बुबाआमालाई खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा रुपन्देही प्रहरीले पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताउनुभयो ।

गोरखले प्रहार गरेको धारिलो हतियार लागेर बुबाको घटनास्थलमै र आमाको उपचारको लागि युनिभर्सलक कलेज अफ मेडिकल साईन्सेज(युसीएमएस)रानीगाउँ भैरहवा पु¥याउने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । गोरखको आक्रमणमा परी उनका जेठा दाजु जोगेन्द्र यादव पनि घाइते भई युसीएमएस भैरहवामा उपचार गराइरहेका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -