स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

महिला पौडीमा गौरिकालाई स्वर्ण

South Asian games 2019, SAG - The Times Of Nepal
सेयर गर्नुहोस

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत महिला पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जित्नुभएको छ । उहाँले दुई सय मिटर फ्री स्टाइलमा आज स्वर्ण पदक जित्नुभएको हो ।

ललितपुरको सातदोबाटोस्थित पौडी पोखरीमा भएको स्पर्धामा ओलम्पियन सिंहले निर्धारित दूरी दुई मिनेट ०५ दशमलव ०६ सेकेण्डमा पूरा गर्नुभएको हो ।

पौडीको व्यक्तिगत स्पर्धातर्फ गौरिकाले जितेको यो नै पहिलो स्वर्ण हो । यसअघि नेपालले टिम इभेन्टमा स्वर्ण पदक जितेको थियो । महिला दुई सय मिटर फ्री स्टाइलमा भारतले रजत तथा बङ्गलादेशले कास्य पदक जितेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -