स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

गुणात्मक परिवर्तन ल्याउने गरी काम गर्नुस् : वनमन्त्री बस्नेत

shakti basnet,Forest and Environment Minister, Shakti Bahadur Basnet
सेयर गर्नुहोस

१८ मङ्सिर : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गुणात्मक परिवर्तनको जनअपेक्षा पूरा गर्ने गरी कार्यसम्पादन गर्न मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयको दोश्रो चौमासिक समीक्षा बैठकमा आज उहाँले परम्परागत तरिकाले काम गर्ने प्रवृत्ति अन्त्य नभएसम्म ‘सुखी नेपाली, समृद्ध नेपाल’ राष्ट्रिय अभिभारा पूरा नहुने बताउनुभयो ।

निरन्तरताको कार्यक्रम र कार्यशैलीले परिणाम पनि निरन्तरतामै सीमित हुने भन्दै मन्त्री बस्नेतले तीव्रताका साथ काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “काम गराइको पुरानो शैलीबाट गुणात्मक परिवर्तनको जनअपेक्षा पूरा हुन सक्दैन”, निरन्तरताको कार्यक्रम र कार्यशैलीले परिणाम पनि पुरानै आउँछ ।”

मन्त्री बस्नेतले मन्त्रालयको वार्षिक पूँजीगत र वित्तीय खर्चको लक्ष्यअनुसार काम गर्न निर्देशन दिँदै काममा अप्ठ्यारो आइपरे आफू मन्त्रीका हैसियतमा सहजीकरणका लागि तयार रहेको स्पष्ट पार्नुभयो । सरकारले मुलुक निर्माणका लागि नयाँ पहलकदमी लिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नयाँ पहलकदमी उठाउँदा नयाँ चुनौती आउँछ, त्यसलाई कार्यशैली परिवर्तन गरेर समाधान गर्न सकिन्छ”, मन्त्री बस्नेतले समग्र कर्मचारीतन्त्रबाट अपेक्षित काम हुन नसक्नुमा मानसिकता, विधि प्रक्रिया वा वस्तुगत परिस्थिति र योजनाबीच तालमेल नहुने के हो भन्नेबारे सोच्नेबेला आएको बताउनुभयो ।

बढ्दो वातावरण प्रदूषण रोक्न उद्योग, भौतिक, शहरी विकास र गृह मन्त्रालयका साथै महानगर र नगरपालिकासँगको समन्वयमा प्रभावकारी कदम चाल्न उहाँले वातावरण विभागलाई निर्देशनसमेत दिनुभयो । गोष्ठीमा मन्त्रालयका सचिव, सहसचिव, विभागीय प्रमुख, प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव र मन्त्रालय मातहतका विभिन्न विभागका महानिर्देशकको सहभागिता थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -