स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

विवाहपञ्चमीमा ड्रोनक्मेराबाट भीडको निगरानी

ड्रोनक्मेरा - The Times Of Nepal
सेयर गर्नुहोस

‘रामजानकी विवाह महोत्सवका लागि यसपालि विशेष सुरक्षा व्यस्था मिलाइएको छ । आज  रामजानकी विवाह महोत्सवमा भीड व्यवस्थापनलाई प्रमुख चुनौती मान्दै सुरक्षा व्यवस्थाको विभिन्न पैत्रा अपनाउने भएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलका अनुसार भीडभाड र यात्रुहरुको चापलाई मध्यनजर गर्दै  ड्रोन क्यामेराबाट पनि निगरानी गरिने छ । भीडमा कुनै अप्रिय घटना, लुटपाट, वा उच्छृंगल गतिविधि नहोस भनेर ड्रोन क्यामेराबाट निगरानी गरिने भएको छ । रँगभूमि मैदानमा प्रत्येक वर्ष हुने मोटो भीडलाई मध्यनजर गर्दै आकाशे सुरक्षा समेत मिलाइएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीको हजारौं सुरक्षाकर्मी पोशाक र सादा पोशाक९ सिभिल ड्रेस० मा परिचालन गरिएको जनाइएको छ । यसका साथै, आजै नेपाली सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने कार्यक्रम पनि रहेको छ । भगवान राम र सीताको विवाह उत्सव कार्यक्रमको दौरान हेलिकप्टरबाट पुष्प वर्षा गरिने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप कनेलले जानकारी दिए । 
Attachments area

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -