स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

जनताको घर–दैलोमै सरकार पुगेको छ : मुख्यमन्त्री राई

Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world. Get all exclusive Breaking News Nepal, current headlines, live news, including hot topics, latest breaking news on business, sports, world and entertainment., karnali pardes,karnali province
सेयर गर्नुहोस

 १४ मङ्सिर : प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जनताका घरदैलोमै तीन तहका सरकार पुगेको बताउनुभएको छ ।

आज यहाँस्थित प्रदेश नं. १ को पर्यटकीय नगरी सूर्योदय नगरपालिकामा ‘पर्यटकीय महोत्सव’को उद्घाटनमा मुख्यमन्त्री राईले जनताका भावनाअनुसारको काम गर्नका लागि तीन तहका सरकार निर्माण भएकाले अब देश र जनताको हितमा काम हुनेछ भन्नुभयो ।

मुख्यमन्त्री राईले पर्यटकीय सम्भावनाको हिसाबले प्रदेश नं १ निकै धनी रहेकाले भ्रमण वर्ष–२०२० मा राखेको लक्ष्यअनुसारको पर्यटक भित्र्याउन प्रदेश सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो । सबै नेपालीलाई आ–आफ्नो संस्कृति र धर्म मान्ने अधिकार रहेको भन्दै उहाँले यस महोत्सवले भ्रमण वर्षको स्वागत गरेको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -