स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

प्रधानमन्त्रीको स्वास्थ्यबारे सभापति देउवाद्वारा जानकारी

Prime Minister KP Sharma Oli
सेयर गर्नुहोस

११ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जानकारी लिनुभएको छ ।

सभापति देउवा आज महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ पुगी प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिनुभएको हो ।

सभापति देउवाले सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठसँग प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिनुभएको थियो । श्रेष्ठले उहाँलाई प्रधानमन्त्री ओलीको स्वास्थ्यमा मङ्गलबार भन्दा आज सुधार रहेको जानकारी दिनुभएको सभापति देउवाका उहाँका निजी सहयोगी भानु देउवाले बताउनुभयो ।

प्रधानमन्त्री ओलीको मङ्गलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । अहिले उहाँको स्वास्थ्यमा निरन्तर सुधार भइरहेकोे छ । स्वास्थ्यमा समस्या आएपछि उहाँ मङ्गलबार बिहान सो सेन्टरमा जानुभएकोे थियो ।

एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा हुनुहुन्छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -