स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

चुनाव जिताउनुस् ढकाललाई मन्त्री बनाउने पक्का – नेता गौतम

bamdev-goutam, वामदेव गौतम - TON
सेयर गर्नुहोस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं पूर्वउपप्रधान वामदेव गौतमले उपनिर्वाचनमा निर्वाचित भएपछि नेकपाका उम्मेदवार डिपी ढकाललाई प्रदेशको मन्त्री बनाउने नेकपाको सचिवालयमा समेत छलफल भएको बताउनुभएको छ । यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) मा हुने उपनिर्वाचनमा नेकपाका उम्मेदवार ढकालका लागि भोट माग्न आज नेकपाले वागेश्वरीमा आयोजना गरेको घरदैलो कार्यक्रममा उहाँले ढकाललाई मन्त्री बनाउने तय भएको बताउनुभएको हो ।

उहाँले ढकाल मन्त्री भएपछि यसक्षेत्रको पर्यटन र भौतिक संरचनाको विकासका लागि रु दुई करोडसम्मको बजेटको कार्यक्रम सङ्घीय सरकारले स्वीकृत गर्नेसमेत निर्णय भएको बताउँदै यो क्षेत्रको विकासका लागि उपयुक्त उम्मेदवार ढकाल मात्रै भएको दाबी गर्नुभयो । सांसद महेश बस्नेतले उपनिर्वाचनमा सूर्यलाई अन्य कुनै हत्केलाले छेक्न नसक्ने टिप्पणी गर्दै नेकपाको जित सुनिश्चित रहेको भनाइ राख्नुभयो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं सांसद रामेश्वर फँुयाल, नेकपा केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, नेकपा भक्तपुर अध्यक्ष बचन देउजा लगायतको सयाँैको टोलीले मतदाताको घरदैलोमा पुगेर भोट माग्नुभएको थियो ।

विवेकपूर्ण रुपमा मतदान गर्नुस् – नेता सिटौला नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले उपनिर्वाचनमा जनताहरुलाई सजग भई विवेकपूर्ण रूपमा आफ्नो मत राख्न अनुरोध गर्नुभएको छ । यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार कृष्णलाल भडेललाई भोट माग्न आज नगरकोटमा आयोजना गरेको घरदैलो कार्यक्रममा उहाँले काँग्रेसले मात्रै लोकतन्त्रको संरक्षण गर्न सक्ने दाबी गर्नुभयो । सिटौलाले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै काँग्रेसले मात्रै जनता र लोकतन्त्रको पक्षमा काम गर्न सक्ने जिकिर गर्नुभयो ।

उहाँले काँग्रेसका उम्मेदवारलाई मतदान गरी लोकतन्त्रको रक्षा गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरको विकासका लागि काँग्रेसका उम्मेदवार सक्षम भएको जिकिर गर्नुभयो । त्यसअवसरमा नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा र क्षेत्रीय सभापति जीवन खत्रीलगायतले प्रदेशसभा सदस्य स्वर्गीय हरिशरण लामिछानेको रिक्ततालाई काँग्रेसका उम्मेदवार भडेलले पूरा गर्ने बताउनुभयो । नेविसङ्घ पूर्वकेन्द्रीय सदस्य नयन सिंह महरले आफ्नै अगाडिको कमलविनायक–नगरकोट सडकखण्डको दुरावस्थाले नै नेकपाको विकास र समृद्धिको नारालाई उदाङ्गो पारेको बताउँदै दोहो¥याएर नगरकोटका जनतालई गल्ती नगर्न सुझाव दिनुभयो । –––

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -