काग र कोइली जस्तो वाम गठबन्धन: सिटौला

काग र कोइली जस्तो वाम गठबन्धन: सिटौला


krishna pd sitaula NC

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वाम गठबन्धन काग र कोइली जस्तो भएको बताउनुभएको छ । उपनिर्वाचनका सन्दर्भमा बागलुङको पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाको राजकुटमा आज भएको काङ्ग्रेसको चुनावीसभालाई सम्बोधन गर्दे सिटौलाले सङ्घीयता कार्यान्वयन गर्ने नेकपा र सङ्घीयता चाहिदैन भन्ने पार्टी राष्ट्रिय जनमोर्चाको तालमेलले जनता हसाएको आरोप लगाउनुभयो ।

आगामी मङ्सिर १४ गते हुन गइरहेको बागलुङ क्षेत्र नं– २ प्रदेशसभा ‘ख’मा हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी आयोजना गरिएको सभामा बोल्दै नेता सिटौलाले नेकपाले आफ्ना कार्यकर्ताको मर्म विपरीतको कार्य गरेको भन्दै काङ्ग्रेसले खबरदारी गर्ने बताउनुभयो । सिटौलाले कार्यकर्तालाई आफ्ना उम्मेदवारलाई जिताउन घरदैलोमा जुट्नका लागि आग्रह गर्नुभएको थियो । काङ्ग्रेसका चुनावी अभियानका लागि सभापति शेरबहादुर देउवा, युवा नेता गगन थापा बागलुङ आउने कार्यक्रम रहेको जनाइएको छ ।

Advertisement

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?