स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

मुलुकलाई चिनाउने गरी प्रदेश सरकारले काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल
सेयर गर्नुहोस

२९ कात्तिक : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकलाई चिनाउने गरी प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ ।

वन्यजन्तुबाट हुने सम्भावित क्षतिसम्बन्धी रत्ननगरमा आज आयोजित बीमा कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले अबको दुई वर्षमा काम देखिने बताउनुभयो । सौराहा चोकदेखि सौराहासम्मको छ किलोमिटर सडकलाई प्रदेश सरकारले नमूना सडक बनाउने भन्दै ठाउँ खाली गरिदिन उहाँले आग्रह गर्नुभयो ।

देश र विदेशबाट आएका पर्यटकले सौराहा चोक पुगेपछि सौराहा आएको अनुभूति हुने गरी सडक निर्माण गरिने पौडेलको भनाइ थियो । परम्परागत खेतीले मुलुकको विकास नहुने भन्दै उहाँले एकीकृत खेती प्रणाली थालेर खाद्यान्नको आयात घटाउनुपर्ने बताउनुभयो ।

बीमा कार्यक्रम गरेकोमा नगरपालिकालाई विशेष धन्यवाद दिँदै उहाँले यसलाई निरन्तरता दिनका लागि स्वामित्व स्थानीयले लिनुपर्नेमा जोड दिनुभयो ।

रत्ननगर नगरपालिका–७ बोद्रनी गाउँका १४९ घरका ६६६ बाट बीमा शुरु गरिएको हो । क्रमशः रत्ननगर नगरपालिका वडा नम्बर ५ देखि ११ सम्मका मध्यवर्ती क्षेत्रमा बस्ने विपन्न परिवारको बीमा गरिने नगरप्रमुख नारायण वनले जानकारी दिनुभयो ।

विपन्न परिवारको जीवन र जनधनको बीमा गरिएको हो । नगर प्रमुख वनका अनुसार वन्यजन्तु र दुर्घटना जुनकुनै कारणले जुनसुकै ठाउँमा बीमा गरेका व्यक्तिको निधन, घाइते वा अङ्गभङ्ग भएमा बीमा भुक्तानी गरिने छ ।

मृत्यु हुँदा रु १० लाख पाउने गरी बीमा गरिएको छ । यसैगरी बालीनाली, घरपालुवा जनावर, घरगोठको क्षति भएमा क्षतिका आधारमा बीमा भुक्तानी गरिने छ । नगरपालिकाले रु आठ लाख, विश्व वन्यजन्तु कोषकोे रु आठ लाख, मृगकुञ्ज उपभोक्ता समितिले रु चार लाख, बाघमारा मध्यवर्ती सामुदायिक वनले रु चार लाख र सम्बन्धित बीमितबाट रु आठ लाख भुक्तानी गर्ने गरी रु ३२ लाख बराबरको बीमा सञ्चालन गरिएको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -