स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

भारतले नक्सा सच्याउनु पर्छ : उपसभापति गच्छदार

सेयर गर्नुहोस

 २६ कात्तिक :नेपाली काङ्ग्रेसका उपसभापति विजयकुुमार गच्छदारले भारतले जारी गरेको नेपालको भूमिसहितको नक्सा अविलम्व सच्याउनु पर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कालापानी, लिपुुलेक र लिम्पियाधुरा नेपालको भू–भाग भएकाले भारत सरकारले तत्काल नक्सा सच्याई अतिक्रमण गरिएको नेपाली भू–भागबाट तत्काल फिर्ता गर्नुुुपर्नेमा जोड दिनुभयो ।

“नेपालको एक इन्च भू–भाग पनि अतिक्रमण गर्ने कुुरा नेपाली जनतालाई सह्य हुँदैन्”, उहाँले भन्नुभयो । आफ्नो देशको भूमि अतिक्रमण गर्दा जनताले विरोध गर्नु स्वभाविक भएको उहाँले प्रष्ट पार्नुभयो ।

अतिक्रमण भएको भू–भाग र्फिता गराउने विषयमा सबै राजनीतिक दल एक भएकाले यस सम्बन्धमा सरकारले कूटनीतिक पहल गरी भारत सरकारसँग ठोस वार्ता एवं छलफल गर्नुपर्ने उपसभापति गच्छदारको भनाइ थियो । सरकारले प्रतिपक्षसँग सहमति, साझेदारी एवं विश्वासको आधारमा राज्य सञ्चालन गरे मुलुक समृद्ध हुने उहाँले बताउनुभयो ।

उपसभापति गच्छदारले आगामी मङ्सिरको पहिलो हप्ताभित्र फोरम लोकतान्त्रिक र काङ्ग्रेसबीच ११ केन्द्रीय सदस्यलगायत अन्य समायोजन प्रक्रिया टुङ्गिने जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -