स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

नेपाल बैंकले ल्यायो दुई नयाँ योजना

Exclusive news of NBL
सेयर गर्नुहोस

 २६ कात्तिक : नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८३औँ वर्ष प्रवेशका अवसरमा विभिन्न योजना अगाडि सारेको छ ।

बैंकले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार बैंकले ‘ग्रिन सेभिङ निक्षेप योजना’ र ‘सुलभ आवास कर्जा योजना’ अगाडि सारेको हो । बैंकले ग्रिन सेभिङ निक्षेप योजनामा सहभागी हुनेलाई रु ५० हजारसम्मको औषधोपचार सुविधा, रु ५० लाखसम्मको दुर्घटना बीमालगायतका सुविधा प्राप्त गर्नेछन् ।

न्यूनतम मौज्दातमा रु २५ हजारमा बचत खाता खोल्न सकिने सो योजनामा सहभागी हुने निक्षेपकर्तालाई ६ दशमलव ५ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । सो योजनाअन्तर्गत सङ्कलन हुने निक्षेपको रकम बैंकले नवीकरणीय ऊर्जा तथा वातावरणमैत्री क्षेत्रमा प्रवाह गर्नेछ ।

बैंकले ल्याएको यस योजनाले ग्राहकको आर्थिक हित प्रवद्र्धन गर्नाका साथै नागरिकमा वातावरणीय सचेतना अभिवृद्धि हुने विश्वास लिइएको छ । यस्तै बैंकले सुलभ आवास कर्जा योजनाअनुसार बैंकको आधार ब्याजदरमा थप एक–दुई प्रतिशतसम्म किस्ता थप गरी न्यूनतम पाँच वर्षदेखि २० वर्षसम्मको अवधिका लागि आवास कर्जा प्राप्त गर्न सक्नेछन् । सो योजनामा ग्राहकले अग्रिम भुक्तानी शुल्क तिर्नुपर्ने छैन ।

ग्राहकले आनै जग्गामा घर निर्माण गर्न, घर खरीद गर्न, घर मर्मतसम्भारका लागि सुलज ब्याजदरमा कर्जा प्राप्त गर्नेछन् । बैंकको हाल सात प्रदेशका ६३ जिल्लामा रहेका १६७ शाखा, २३ एक्सटेन्शन काउन्टर, १०२ एटिएम सञ्चालनमा छन् ।

बैंकले कूल १७ लाख ग्राहकलाई सेवा दिएको छ । चालू आवको प्रथम त्रैमासको अन्त्यसम्म बैंकमा निक्षेप रु एक खर्ब १७ अर्ब तथा कर्जा रु ९८ अर्ब ४६ करोड रहेको छ । सो अवधिमा बैंकले रु ५८ करोड १८ लाख खुद मुनाफा आर्जन गरी अधिकांश वित्तीय सूचक सकारात्मक रहेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -