स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

प्रतिनिधि सभा सदस्य राजेन्द्र महतोको संसदीय विकास कोषको दुरुपयोग

जनकपुरधाम,महतोको संसदीय विकासको बजेट - The Times Of Nepal
सेयर गर्नुहोस

जनकपुरधाम,धनुषा कार्तिक २६ । धनुषा क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य राजेन्द्र महतोको संसदीय विकास बजेटको दुरुपयोग भएको छ । महतोको संसदीय विकासको बजेटले जनकपुरधाम उपमहानगरपालिका वडा नं। २ को बिच बाटोमै खानेपानी चापा कल गाडिएको छ ।

राजपा नेपाल धनुषाका कार्यकर्ता रामचन्द्र पजियारलाई योजना दिएर यसको दुरुपयोग भएको छ । उनले आफ्नो घरको अगाडी बिच सडकमा नै खानेपानी चापाकल गाडेका छन् । बिच सडकमै चापाकल गाडेपछि सर्वसधारण तथा साना खालका चारपांग्रे सवारीसाधनहरुलाई आवतजावतमा कठिनाइ भएको छ । सो योजनाका उपभोक्ता समितिका संयोजक रामचन्द्र पजियारले चापाकल गाड्ने ठाउको आभावको कारणले वाध्यतावस चापाकल सडकमा गाडेको बताए ।

कनैपनि योजना संचालन गर्नु पूव सो वडा र उपमहानगरपालिकासंग समन्वय गर्नुपर्ने हुन्छ । तर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ मा बिच सडकमा नै चापाकल गाड्दा समेत कुनैपनि प्रकारले वडासंग समेत समन्वय नगरिएको जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर २ का वडाध्यक्ष शिवकुमार साहले बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका सांसदीय योजना अन्र्तगत गाडिएको अधिकांश खानेपानी योजनामा समेत कुनै पनि चापाकलबाट सुद्ध खानेपानी नआएको स्थानीयबासिन्दाहरुको गुनासो छ । संसदीय विकास कोषको बजेटले जनकपुरधाममा मात्रै १८ वटा चापाकल गाडिएको छ भने करिब ७५ वटा चापाकल धनुषाको क्षेत्र नम्बर ३ को ग्रामिण भेगमा गाडिएको राजपा नेपालका नेता मनोज कुमार चौधरीले जानकारी दिए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -