स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

नेविसङ्घमा विधानअनुसार तदर्थ समिति बनाउन माग

नेविसङ्घ - The Times Of Nepal
सेयर गर्नुहोस

२६ कात्तिक : नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा विधानअनुसार तदर्थ समिति बनाउन माग गरिएको छ ।

नेविसङ्घले सोमबार यहाँ आयोजना गरेको ‘मातृ पार्टीको प्रवृत्ति र नेविसङ्घको विधानसम्बन्धी’ अन्तरक्रियामा विद्यार्थी नेताले विधानको पालना गर्न मातृ पार्टी काङ्ग्रेसलाई आग्रह गरेका हुन् ।

नेविसङ्घका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले काङ्ग्रेसको नर्सरीका रूपमा रहेको नेविसङ्घको अधिवेशन चाँडो गर्नुपर्ने बताउनुभयो । “पार्टी बलियो बनाउन भ्रातृ संस्थाको अधिवेशन चाँडो हुनुपर्छ”, उहाँले भन्नुभयो ।

नेविसङ्घका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले विद्यार्थी नेतृत्वमा ३२ वर्षमुनिकालाई ल्याउन विधानले व्यवस्था गरेकाले विधानअनुसार समिति निर्माण गर्नुपर्ने बताउनुभयो । विधानअनुसार समिति नआए सशक्त आन्दोलन गर्ने उहाँको भनाइ थियो । कार्यक्रममा नेविसङ्घका निवर्तमान पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -