मिथिलाञ्चलमा सामाचकेवाको रौनक सुरु

मिथिलाञ्चलमा सामाचकेवाको रौनक सुरु


मिथिलाञ्चलमा, सामाचकेवा - The Times Of Nepal

जनकपुरधाम, कार्तिक २४ ।  मिथिलाञ्चल क्षेत्रमा अहिले सामाचकेवाले रौनक छाएको छ । मिथिलाञ्चल क्षेत्रले आफ्नो धर्म संस्कृतिको संरक्षणकालागि पर्वहरुको आड लिएको समेत देखिन्छ । जीवनको आदर्श र कलात्मक पक्षहरुलाई चाडपर्वसँग गाँसेर राख्ने मैथिली समाजमा सधै कुनै न कुनै पर्वको रमझम रहेकै हुन्छ । यसै क्रममा अहिले तराई मधेशमा स–साना माटाका आर्कषक मुर्तिहरू बनाई मनाइने सामा चकेवा पर्व मनाईरहेका छन ।

कार्तिक शुक्ल पञ्चमी अर्थात छठको खरनाबाट सुरु भएको सो पर्व १० दिनसम्म मिथिलाञ्चलका चेलीबेटीहरुले मनाउने गर्छिन् । कार्तिक शुक्ल पूर्णिमा सम्म विभिन्न सुरिला गीतहरु गाएर सखी सहेलीहरु संगै सामा चकेवा पर्व मनाउने गर्छन् । सामा चकेवा पर्वलाई भाई बहिनी बिचको अगाध प्रेमको प्रतिकको रुपमा लिएको छ ।
सामा चकेवा लोक नाटकको रुपमा महिला तथा आईमाईहरुको पुनित पर्व रहेको सांस्कृतिविद परमेश्र कापडी कापडिले बताए । यस पर्वमा नाटकमा तत्व दर्शन, मुल्य दर्शनका साथै ज्ञान र मनोरंजन, राग र वियोग आदी सबै एकैमा समावेश भएको उनले बताए । सामा चकेवा भाई वहिनीको पर्व भएको र यस पर्वमा गाईने गीतहरुले भाईको आयु बढने विश्वास रहेको सांस्कृतिविदका परमेश्वर कापडि,बताए  ।

Advertisement

मिथिलाञ्चलमा, सामाचकेवा - The Times Of Nepal


यस पर्वको वास्तविक नाम श्यामाचकेवा रहेपनि लोकभाषामा यसलाई सामाचकेवा भन्ने गरिन्छ । सामा स्त्री पात्र हुन् भने चकेवा पुरुष पात्र हुन् । दुईटैलाई चराको आकृतिको रुपमा माटोले बनाइएको हुन्छ । सामाचकेवा खेलमा श्रीमान श्रीमतीको बारेमा चुगली लगाउने चूडक पात्र अर्थात चुगलाको जुगांलाई डढाउने गरिन्छ । बहिनी मिलेर आगो लगाई डढाउदै बडो घृणाले गीत गाउँछन् । पूर्णिमाका दिन बहिनीहरु आफ्ना भाइ तथा दाइलाई निमन्त्रण दिन्छन् । भाईले घुँडामा राखेर सबै मूर्ती तोडछन् र ती मूर्तीहरुलाई जोतेको खेतमा बिसर्जन गरिन्छ । बहिनीले भाइलाई च्युरा, दही, मिष्ठान, सख्खरको भोजन गराउँछन यसलाई मैथिलीमा ‘फाँरभरी’ भन्ने गरिन्छ । यस पर्वलाइ  भाइबहिन र प्रेमको प्रतिकको पर्वरहेको स्थानिय विन्दु ठाकुरले बताइन ।



सामा चकेवाका मूर्ति माटोले बनाउने भएकोले यसले मैथिल महिलाहरुको मूर्तिकला प्रतिको कौशलको समेत प्रदर्शन गर्दछ । सामाचकेवामा मिथिलानी दिदिबहिनीहरु समूह बनाएर नजिकैको नदी तलाउबाट माटो ल्याउने गर्छन । ती माटोबाट
कलात्मक वृन्दावन , चुगला , चकेवा , चरा , कजरौटा , सतभैया लगायतका मुर्तिहरु वनाई घाममा सुकाएर साँझदेखि गाउँमा सामाका गीत गाउँदै डुल्दै सामाचकेवा खेलेर पर्वको सुरुवात गर्छन् र यस पर्वको अन्तिम दिन अर्थात कत्र्तिक पुणिमाको दिन चूडक पात्र अर्थात चुगलालाइ जलाइ यस पर्वको समापन गरिन्छ ।

kishan shah
-किशन साह

जनकपुर,धानुषा

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?