स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

विद्यापति पुरस्कारबाट पुरस्कृत हुने को नाम सार्वजनिक

सेयर गर्नुहोस


जनकपुर,धनुषा :नेपाल सरकारद्वारा स्थापित मैथिली भाषाको सबैभन्दा ठूलो राशीकोविद्यापति पुरस्कारबाट पुरस्कृत हुने ५ जना नाम सार्वजनिक गरिएको छ ।कोषले आतइबार बिहान जनकपुरमा पत्रकार सम्मेलन गरी पुरस्कृत हुनेहरुको नामसार्वजनिक गरेको हो ।

मैथिली साहित्यमा अतुलनिय योगदानका गरेका ५ जनालाई नेपाल विद्यापति मैथिलीभाषा साहित्य पुरस्कार प्रत्येक वर्ष प्रदान गर्ने गरिन्छ ।सबभन्दा ठुलो दूई लाख नगद राशीको पुरस्कार साहित्यकार चन्द्रशेखरउपाध्यायलाई प्रदान गरिने जानकारी गराइएको छ ।यस्तै धनुषा रघुनाथपुरका उपाध्यायलाई सुदामा चरित्र नामक मैथिली खण्डकाव्यकालागि पुरस्कृत गर्न लागिएको हो ।यसैगरी नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार सुन्सरीका शिवनारायणपण्डितलाई प्रदान गर्ने निर्णय गरिएको छ । उहाँले कालो सूर्य नामक नेपालीभाषाको उपन्यास मैथिली भाषामा अनुवाद गर्नु भएको छ ।

नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार धनुषा जनकपुरधामका पत्रकारउपेन्द्रभगत नागवंशीलाई,नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सप्तरीका दिनेश यादव र नेपालविद्यापति मैथिली कला संस्कृति पुरस्कार धनुषा धनौजीका लक्ष्मण मण्डललाई प्रदान गर्नेनिर्णय गरिएको पत्रकार सम्मेलनमा कोषका सदस्य सचिव नविनकुमार मिश्रले जानकारीदिनुभयो ।यी पुरस्कारहरुको राशी जनही एक÷एक लाख रुपैयाँ रहेको छ ।पुरस्कृत हुनहरुलाई कोषको विधान बमोजिम यही आर्थिक वर्ष भित्र एक विशससमारोहका विच पुरस्कार प्रदान गर्ने कोषले जनाएको छ ।

मैथिली भाषा, कला, साहित्य संस्कृतिमा योगदान पुर्याउने व्यक्तित्वहरुलाईपुरस्कृत गर्ने उद्देश्यले नेपाल सरकारले २०६८ साल कार्तिक १८ गते नेपाल विद्यापति पुरस्कारकोषको स्थापना गरिएको थियो । २०६८ सालमा स्थापना गरिएको कोषले अहिलेसम्म ३०जना श्रष्टालाई पुरस्कृत गरिसकेको छ भने दुई आर्थिक वर्षमा कोषको आन्तरिककिचलोका कारण पुरस्कार घोषणा हुन सकेको थिए । 

Attachments area

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -