स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

समृद्धिका लागि सरकार प्रतिबद्ध : प्रवक्ता श्रेष्ठ

प्रवक्ता नारायणकाजी श्रेष्ठ - The Times Of Nepal - TON
सेयर गर्नुहोस

२३ कात्तिक : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले न्यायसहितको समृद्धिलाई गुणात्मक रुपले वृद्धि गर्न नेकपाको सरकार लागिपरेको बताउनुभएको छ ।

नयाँ संविधानको कार्यान्वयनसँगै वर्तमान राज्य व्यवस्थालाई सुदृढ तुल्याउन सरकार गम्भीर बनेको उहाँले बताउनुभयो । नेपाल प्रेस सङ्गठन,ताप्लेजुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राष्ट्रियताको मुद्दामा वर्तमान सरकार दृढतापूर्वक अघि बढेको दाबी गर्नुभयो ।

यस्तै पश्चिमी सीमा मिचिएको सन्दर्भमा सरकारले पहिलेदेखि नै अडान राख्दै आएको र सीमा मिच्न नदिने उहाँको भनाइ छ । मित्र राष्ट्रहरुसँग मैत्रीपूर्ण सम्बन्ध राख्दै सहयोग जुटाउने कार्यमा वर्तमान सरकार लागिपरेको उहाँको भनाइ थियो । नेता श्रेष्ठ जिल्लास्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन ताप्लेजुङ आउनुभएको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -