स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

मुख्यमन्त्री गुरुङ अमेरिका जाने

सेयर गर्नुहोस

१५ कात्तिक : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आज अमेरिका प्रस्थान गर्नुहुने भएको छ ।

अमेरिकी ‘डिपार्टमेण्ट अफ जस्टिस’को निमन्त्रणामा मुख्यमन्त्री गुरुङसहित प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, मुख्य न्यायाधिवक्ता डा राजेन्द्र घिमिरे र प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरे आज राति अमेरिका प्रस्थान गर्ने मुख्यमन्त्रीका स्वकीय सचिव सूर्य गुरुङले बताउनुभयो ।

सङ्घीय शासन प्रणालीमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय स्थापित गर्न सघाउने विभिन्न राज्यका तालीममा मुख्यमन्त्रीसहितको टोली सहभागी बन्ने बताइन्छ ।

अमेरिकामा सङ्घ र राज्यका प्रहरीले कसरी समन्वय गरेर काम गरेका छन् भन्ने बारेमा भ्रमण केन्द्रित रहने मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

भ्रमणका अवसरमा प्रहरीले नागरिकसँग गर्ने व्यवहार र स्थानीय तहमा मेलमिलापको कार्यक्रम प्रभावकारी बनाउने विषयमा स्थानीय तहका प्रतिनिधिसँग छलफल हुने भनाइ उहाँको छ । मुख्यमन्त्री गुरुङ कात्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -