स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

मुख्यमन्त्री भट्टद्वारा तिहारका अवसरमा शुभकामना

सेयर गर्नुहोस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तिहारका अवसरमा सामाजिक सद्भाव, सामाजिक न्याय, सुशासन एवं प्रदेशको समग्र विकासको शुभकामना व्यक्त गर्नुभएको छ ।

आज शुभकामना सन्देश जारी गर्दै उहाँले प्रदेशवासीको सुख, शान्ति, समृद्धि अगाडि बढाउनमा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले प्रदेशवासी दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा सु–स्वास्थ्यको कामना गर्दै दीपावली पर्वले सबैमा खुशी साटासाट सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउनमा सघाउ पुगोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -