स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

होटलको स्वीमिङ पुलमा डुबेर तीन वर्षीय बालकको मृत्यु

Swimming pool
सेयर गर्नुहोस

चितवनको एक होटलको स्वीमिङ पुलमा डुबेर आज तीन वर्षीय बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका– १६ मा रहेको होटल रेन्टफरेष्टको स्वीमिङ पुलमा डुबेर नुवाकोटको विदुर नगरपालिका– ५ देविघाटका बालक प्रयास श्रेष्ठको मृत्यु भएको हो ।

उनका बुबाआमा घुम्नका लागि चितवन आएका समयमा सो होटलको स्वीमिङ पुलमा पौडी खेलेका थिए । सो क्रममा स्वीमिङ पुल नजिकै रहेका बालक डुबेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । अस्पताल तोडफोडमा संलग्न ११ विरुद्ध मुद्दा दर्ता चितवन मेडिकल कलेज तोडफोडमा संलग्न रहेको आरोपमा आइतबार पक्राउ परेका ११ विरुद्ध आज मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका १२ मध्ये ११ लाई अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरेको हो ।

एकजना बिरामी रहेकाले तारेखमा रिहा गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरी सात दिनको म्याद थपिएको बताउनुभयो । म्याद थपसँगै अनुसन्धान अघि बढाइएको उहाँले जानकारी दिनुभयो । आइतबार चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल तोडफोड गरिएको थियो ।

सो क्रममा प्रहरीले अश्रुग्यास र लाठीचार्जसमेत गरेको थियो । सो क्रममा छ प्रहरी घाइते भएका थिए । पूर्वी नवलपरासीकी ३१ वर्षीया आशा ज्ञवालीको नाकको शल्यक्रिया गराउने क्रममा शनिबार मृत्यु भएको थियो । अस्पतालको लापरवाहीका कारण ज्यान गएको पारिवारले दाबी गरेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -