स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

समृद्ध नेपाल निर्माणका लागि एकता आवश्यक : मुख्यमन्त्री गुरुङ

सेयर गर्नुहोस

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपाल निर्माणका लागि सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशले बडादशैँ, तिहारलगायतका चाडपर्वका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सरकारका नकारात्मक कामको प्रचार बढी र सकारात्मक कामको प्रचार कम भइरहेको बताउनुभयो ।

सङ्घीयता कार्यान्वयनका क्रममा रहेको उल्लेख गर्दै उहाँले सङ्घीयताको मर्मलाई बल पुग्ने किसिमबाट सकारात्मक तवरले सञ्चारकर्मीले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले सङ्घीय सरकारको केन्द्रिकृत सोचका कारण अझै पनि सङ्घीयता कार्यान्वयन गर्न कठिनाइ भएकोे गुनासो गर्नुभयो ।

सङ्घीयताको कार्यान्वयनका लागि उच्चस्तरीय राजनीतिक कार्यदल बन्नुपर्ने उहाँको जोड थियो । देशमा कानूनी राज्य स्थापित भएको बताउँदै उहाँले समाजका विकृति, विसङ्गति र भ्रष्टाचारविरुद्धमा कलम चलाउन आग्रह गर्नुभयो । मुख्यमन्त्री गुरुङले जग्गा प्राप्तको अधिकार प्रदेश सरकारमा नहुँदा विकास निर्माणमा कठिनाइ भएको बताउनुभयो ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मागेर कुनै व्यक्तिको जीवन र कुनै देशको प्रगति नहुने बताउनुभयो । छिमेकी राष्ट्रका कुनै प्रमुख नेपाल आउँदा देशले के पाउने र के दिनेभन्दा पनि उनीहरुसँग हाम्रो सद्भाव, सम्बन्ध कस्तो हुन्छ त्यसतर्पm केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिवबहादुर कोइरालाले विकासका लागि निजी क्षेत्र र सरकारबीच समन्वय आवश्यक भएको बताउँदै लगानीयोग्य उत्पादनशील योजना सरकारले छनोट गरी निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

महासङ्घ गण्डकीका कार्यवाहाक अध्यक्ष शान्ति गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रयी सदस्य रामकृष्ण ज्ञवाली, गण्डकी प्रदेशका विकास समितिका सभापति दीपक कोइराला, सञ्चारिका समूह गण्डकी प्रदेश अध्यक्ष स्मिता अधिकारी, गणेश पौडेल लगायले नेपालीका ठूला चाडबाडले एकआपसमा सदभाव, भाइचारा अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -