महिला भलिबल टोलीको बिदाइ : पदक ल्याउने गरी तयारी गर्न आग्रह

महिला भलिबल टोलीको बिदाइ : पदक ल्याउने गरी तयारी गर्न आग्रह


नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीका लागि राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड जाने भएको छ । अरुणा शाहीको कप्तानीमा रहेको २२ सदस्य नेपाली टोली वैदेशिक प्रशिक्षणका लागि भोलि त्यतसर्फ प्रस्थान गर्ने नेपाल भलिबल सङ्घले जनाएको छ ।

सङ्घद्वारा आज यहाँ आयोजित बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, आयोजक सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जीतेन्द्रबहादुर चन्द लगायतले बिदाइ गर्नुभयो । कार्यक्रममा राखेप सदस्य सचिव सिलवालले राखेपले भलिबल खेललाई महत्व दिँदै आएको भन्दै घरेलु मैदानमा नै आयोजना हुने १३औँ सागमा नेपालले पदक ल्याउने गरी तयारी गर्न भलिबल टोलीलाई आग्रह गर्नुभयो ।

Advertisement

उहाँले सागपछि नेपालमै भलिबल खेलको अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने तयारी राखेपले गरेको जानकारी दिनुभयो । त्यस्तै, भलिबल सङ्घका महासचिव चन्दले सागमा पदक भित्र्याउनका लागि पनि खेलाडीलाई अन्तर्राष्ट्रिय प्रशिक्षण आवश्यक हुने बताउनुभयो । साग आगामी मङ्सिर १५ देखि २४ गतेसम्म हुनेछ ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?