स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

हराएको चार दिनपछि मृत अवस्थामा फेला

लास - शव
सेयर गर्नुहोस

१३ असोज : रिब्दीकोट गाउँपालिका– ३ खस्यौलीका विष्णुबहादुर थापा हराएको चार दिनपछि आज मृत अवस्थामा फेला परेका छन् ।
शुक्रबार गाडी चढेर ससुराली हिँडेका ३५ वर्षीय थापा रिब्दीकोट गाउँपालिका– ८ पालुङग मैनादीको खातुङ्ग जङ्गलको तल्लो भागमा मृत अवस्था भेटिएको आफन्त वसन्त थापाले बताउनुभयो ।

कुसुमखोला मैदानी सडकदेखि झण्डै ४०० मिटर तल जङ्गलमा मृत्यु देखिएपछि आफन्तले प्रहरीलाई खबर गरेको हो । आफन्त वसन्तसहित तीन जना आफन्त गाडी लिएर खोज्न जाँदा खातुङ्गको बाटोमुनि चप्पल र झोला देखिएको थियो । सोही स्थानमा खोजतलास गर्दा तल खोल्सामा मृत अवस्थामा शव भेटिएको प्रहरीको दाबी छ ।
आफन्त वसन्तका अनुसार मृतक थापाको एक छोरा एक छोरी छन् । थापाले मजदूरी गरी परिवारको जीविकोपार्जन गर्दै आएका थिए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -