मुलुक विकासको प्रक्रियामा प्रवेश गरिसक्यो मुलुक विकासको प्रक्रियामा प्रवेश गरिसक्यो



३६

१० असोज : प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलुक विकासको प्रक्रियामा प्रवेश गरिसकेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ प्रदेश ५ समितिले बाँकेको गाभरभ्यालीमा आज आयोजना गरेको पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सो विचार व्यक्त गर्नुभएको हो ।

उहाँले अहिलेको अवस्था निराशाजनक हुँदै होइन भन्दै हाम्रो सोच मात्रै निराशाजनक भएको हो भन्नुभयो । “विगतमा मुलुकको कूल गार्हस्थ्य उत्पादनको वृद्धि दर औसतमा ४ प्रतिशतभन्दा तल थियो, संविधान जारी भइसकेपछि गार्हस्थ्य उत्पादनको औसत वृद्धिदर ६ प्रतिशतभन्दा माथि छ”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “तर, समाजलाई हामी यो पनि भएन त्यो पनि भएन भनेका छौँ ।” उहाँले सरकारले राम्रा काम गर्दागर्दै पनि नकारात्मक कुरा मात्रै गर्ने प्रवृति हाबी भएको उल्लेख गर्नुभयो ।



प्रदेश ५ सातवटै प्रदेशमध्ये कानून र योजना बनाउने विषयमा अग्रणी रहेको उल्लेख गर्दै उहाँले कूल गार्हस्थ्य उत्पादन वृद्धि दरका हिसाबले नेपालमा प्रदेश ५ सबैभन्दा माथि रहेको दाबी गर्नुभयो । मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “प्रदेश ५ को कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर ७ दशमलव ७ छ यो उच्चतम वृद्धि दर हो, सबै मिलेर अघि बढ्यौँ भने हामी उदाहरणीय बन्न सक्छौँ ।”


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि