कृषिलाई पहिलो प्राथमिक्ता दिनुपर्छ कृषिलाई पहिलो प्राथमिक्ता दिनुपर्छ



३५

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा कृषिलाई पहिलो प्राथमिक्ता दिएर काम गर्नुपर्ने बताउनुभएको छ ।

सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका कृषि ज्ञान केन्द्र तथा कृषि सम्पर्क कार्यालयका प्रमुखका लागि दिपायलमा आयोजित एकदिने गोष्ठीमा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम कृषि क्षेत्रका लागि निकै उपयोगी ठाउँ भएकाले यहाँको विकासका लागि कृषिमा बढी लगानी गर्नुपर्ने बताउनुभयो ।



उहाँले भन्नुभयो, “कृषि क्षेत्रमा मात्रै काम गर्न सके सुदूरपश्चिमको विकासमा कायापलट हुनेछ ।” त्यस्तै मुख्यमन्त्री भट्टले कृषि कार्यालयले कृषि क्षेत्रमा काम गर्ने किसानलाई सहयोग पुग्ने हेतुले कृषि काममा बढी लगानी गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

गोष्ठीमा सहभागी अधिकांश कृषि प्रमुखले बजेट अभावका कारण कृषि क्षेत्रमा सोचेअनुसार लगानी गर्न नसकिएको धारणा राख्नुभएको थियो ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि