स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ, बालिकालाई बलात्कार गर्नेलाई १६ वर्ष जेल

trending news, latest news, hotnews, popular news, criminal case, corruption search, crime
सेयर गर्नुहोस

भक्तपुर, ६ भदौ आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आफू बिरामी हुँदा श्रीमान्ले बलात्कार गरेको जाहेरीे श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन (नाम परिवर्तन)लाई बिहिबार पक्राउ गरेको हो ।

रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका–८ जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमान्ले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरी आएपछि श्रीमान्लाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

१० वर्षअघि विवाह भएको यो दम्पतीको आठ वर्षको एक छोरा रहेको उहाँले जानकारी दिनुभयो । प्रहरीले थापाथलीस्थित प्रसूतिगृहमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिएको र श्रीमान्को आज स्वास्थ्य परीक्षण गरी अदालत पेश गर्ने र थप अनुसन्धान गर्ने प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

छ वर्षीया बालिकालाई बलात्कार गर्नेलाई १६ वर्ष जेल सजाय

जिल्ला अदालत उदयपुरले छ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एक जनालाई १६ वर्षको जेल सजायको फैसला सुनाएको छ ।

पीडित बालिकालाई पीडकबाट रु २५ हजार क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ । जिल्ला अदालत उदयपुरका न्यायाधीश दीपक खनालको एकल इजालासले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ लालपताका ४५ वर्षीय रामबहादुर विकलाई छ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको जिल्ला अदालत उदयपुरका श्रेस्तेदार राजकुमार आचार्यले बताउनुभएको छ ।

आफ्नो छिमेकीका छ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपेर ललाईफकाइ २०७५ माघ १८ गते बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले रामबहादुरलाई पक्राउ गरी जिल्ला अदालत उदयपुरमा बलात्कारसम्बन्धी मुद्दा दर्ता गराएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -