ऊर्जामा थप लगानीलाई मन्त्री पुनको आग्रह ऊर्जामा थप लगानीलाई मन्त्री पुनको आग्रह



३८

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा थप लगानीका लागि जापान सरकारलाई आग्रह गर्नुभएको छ ।

आफूसँग आज शिष्टाचार भेटवार्ताका लागि पुग्नुभएका नेपालका लागि जापानी राजदूत मासामिची साइगोसँग मन्त्री पुनले सो आग्रह गर्नुभएको हो ।



मन्त्री पुनले जाजरकोटमा आयोजनास्थल रहेको ४१० मेगावाट क्षमताको नलगाड जलविद्युत् परियोजना प्रादेशिक सन्तुलनका हिसाबले पनि महत्वपूर्ण रहेको भन्दै सो परियोजनालाई अघि बढाउने विषयमा छलफल गर्नुभएको थियो ।

उहाँले जापान र नेपालबीच पुरानो र मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै विगतमा कुलेखानी परियोजनालगायत अन्य परियोजनामा उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिनुभएको थियो । हाल नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम जारी रहेको छ ।

मन्त्री पुनले जापान नेपालको भरपर्दो विकास साझेदारमुलुक भएको भन्दै नेपालमा अहिले लगानीको लागि उपयुक्त वातावरण बनेकोले थप लगानीको वातावरण बनाइदिन र सोही प्रकारको सन्देश प्रवाह गरिदिन आग्रह गर्नुभएको थियो ।
भेटमा जापानी राजदूतले नलगाड आयोजना सार्वजनिक निजी साझेदारी ढाँचामा निर्माणका लागि अध्यययन गरिरहेको बताउनुभएको थियो । जापानी राजदूतले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि राम्रो वातावरण बनेको सुखद् समाचार सुनेको भन्दै जापानमासमेत लगानीका लागि आग्रह गर्र्ने बताउनुभएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।
–––


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि