स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

सोह्र लाख भारतीय रुपैँयासहित पक्राउ

सेयर गर्नुहोस

दाङमा स्रोत नखुलेको झण्डै १६ लाख भारतीय रकमसहित पाँच व्यक्ति पक्राउ परेका छन् । पक्राउपर्नेमा एक महिलासहित चार पुरुष रहेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ बरुवागाउँ निवासी २७ वर्षीय हिराबहादुर विक, बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं २ प्रेमनगर निवासी ४२ वर्षीय सुरेश विक, सोही ठाउँकै मनकुमारी खत्री, रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ९ निवासी ४३ वर्षीय प्रकाश केसी र जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं ८ निवासी २७ वर्षीय शिव सिंह भनिने पूर्ण विक रहेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले उनीहरु सबैलाई सुराकीका आधारमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका वडा नं ९ जलकुन्डी क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुको साथबाट स्रोत नखुलेको भारु १५ लाख ७९ हजार ५८० रकम बरामद भएको प्रहरी नायब उपलरीक्षक शाहले बताउनुभयो । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -