स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

अभिनेत्री पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश

silpa-and-chhabi
सेयर गर्नुहोस

काठमाडौँ, १ भदौ: सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेल ओझालाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज तत्काल पक्राउ नगर्न आदेश जारी गरेको हो ।

काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्च अदालतमा आइपुगेको मुद्दामा सो आदेश भएको हो । छलफलका लागि यही भदौ १५ गते दुवै पक्षलाई बोलाएको छ ।

अभिनेत्री पोखरेलले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी उच्च अदालत पाटनले खारेज गर्न अस्वीकार गरेको थियो । निर्माता छवि ओझाकी जेठी पत्नी हेमा ओझाले दिएको बहुविवाह मुद्दामा काठमाडौँ जिल्ला अदालतले छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -