स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

खस सङ्ग्रहालय निर्माणमा सहयोग गर्छु : पर्यटनमन्त्री

Yogesh Bhattarai , Nepali politician , Minister of Culture, Tourism and Civil Aviation - the times of nepal
सेयर गर्नुहोस

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जुम्लाको सिञ्जा गाउँपालिकामा निर्माण हुन लागेको खस सङ्ग्रहालय निर्माणमा सहयोग गर्ने बताउनुभएको छ ।

जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद गजेन्द्रबहादुर महतसहितको टोलीसँग काठमाडौँमा उहाँले सङ्ग्रहालय निर्माणका लागि आर्थिक अख्तियारी छिट्टै पठाइ दिने बचन दिनुभएको हो । उहाँले खस सभ्यता संरक्षणका लागि भए पनि सिञ्जा सङ्ग्रहालय आवश्यक भएको बताउनुभयो ।

सो टोलीले पर्यटन मन्त्रालयमै पुगेर खस सङ्ग्रहालय भवनको विस्तृत परियोजना प्रतिवेदन प्रस्तुत गरेको थियो । पर्यटनमन्त्री भट्टराईले तीन तहको सरकारसँग समन्वय गरेर बृहत् सङ्ग्रहालय निर्माण गर्न सुझाव दिनुभयो ।

केन्द्र सरकारले यो वर्ष रु एक करोड विनियोजन गरेको जानकारी दिँदै मन्त्री भट्टराईले बजेटको भरपुर सदुपयोग गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “काम गुणस्तरको गर्नुस्, अपुग रकम थपौँला ।”

सङ्ग्रहालय रारा, फोक्सुण्डोलाई केन्द्रविन्दु बनाइ निर्माण गर्न थालिएको छ । यसभित्र संस्कृति, इतिहास, परम्परागत औजार र मूर्ति राखिनेछ । सङ्ग्रहालयका लागि स्थानीयले चार हजार वर्गमिटर जग्गा उपलब्ध गराएका छन् । सङ्ग्रहालयभित्र स्याउ बगैँचा, मष्टदेवताको मन्दिर, पर्यटनमैत्री शौचालय, परम्परागत पञ्चदेवल, अत्याधुनिक हल र भित्रै सिँचाइ नहरको डीपीआर बनेको छ ।

डीपीआरमा सङ्ग्रहालयको आफ्नै गजुर राखिनेछ । पर्यटकीय सांस्कृतिक धरोहर बन्नेमा दुई मत नरहेको सांसद महतले बताउनुभयो । रु १३ करोड ८९ लाख २५ हजार ४०३ सङ्ग्रहालय बन्ने भएको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -