स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

अनुमानित प्रगति र लक्ष्य हासिल भएको मुख्यमन्त्री राईको भनाइ

Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world. Get all exclusive Breaking News Nepal, current headlines, live news, including hot topics, latest breaking news on business, sports, world and entertainment., karnali pardes,karnali province
सेयर गर्नुहोस

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गत आर्थिक वर्षमा अनुमान गरिएका लक्ष्य र प्रगति हासिल भएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आव २०७५÷७६ को मन्त्रालयगत समीक्षा तथा आव २०७६÷७७ को बजेट कार्यान्वयन योजना प्रस्तुत कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
यस किसिमको समीक्षा पहिलो पटक भएको उल्लेख गर्दै मुख्यमन्त्री राईले हाम्रो प्रगतिको कुरा कागज तथा समीक्षामा मात्र सीमित नभएर कार्यक्षेत्रमा पनि हुनुपर्ने र यसका लागि अनुगमन, कामको गुणस्तरको जाँच, नियमितता र पारदर्शीता हुनुपर्नेमा जोड दिनुभयो ।
गएको वर्षमा कर्मचारी तथा नियम कानून र निर्देशिकाको अभावका साथै संरचनागत कार्यालय नभएका कारण प्रगति उल्लेखनीय हुन नसकेको भन्ने छुट नयाँ आर्थिक वर्षमा नपाइने भन्दै उहाँले चालू आवको बजेटको कार्यान्वयन निर्देशिका पनि तयार गरिने जानकारी दिनुभयो ।
मुख्यमन्त्री राईले चालू आवमा ठेक्कापट्टामा लाग्ने बोलपत्र असोज महीनाभित्र सक्न र कात्तिकबाट काम शुरु गर्न मातहतका सबै मन्त्रालय, निर्देशनालय, महाशखाका प्रमुखलाई निर्देशन दिँदै असारे विकासको मनस्थिति त्याग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे, मुख्यसचिव सुरेश अधिकारी, मन्त्रालयका सचिव, निर्देशनालयका निर्देशक र महाशखाका प्रमुखको सहभागिता थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -