मासुमा प्रतिकिलो रु २० अनुदान मासुमा प्रतिकिलो रु २० अनुदान



१८

रैनादेवी छहरा गाउँपालिकाले उत्पादनका आधारमा मासुमा अनुदानको व्यवस्था ल्याएको छ । गाउँपालिकाले प्रतिकिलो मासुमा रु २० अनुदान प्रदान गर्ने कार्यक्रम ल्याएको हो । किसानले उत्पादन गरेका जिउँदा खसीबोकाको कारोवारमा अनुदानको व्यवस्था गरिएको हो

गाउँपालिका क्षेत्रभित्रका किसानका उत्पादित दूध, तरकारी र मासुमा अनुदानको व्यवस्था ल्याएसँगै स्थानीय बासिन्दा खुशी छन् । स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउनका लागि अनुदानको व्यवस्था गरिएको हो । गाउँपालिका क्षेत्रमा दूध, तरकारी र मासुमा आत्मनिर्भर नभएपछि अनुदानका माध्यमबाट यूवालाई व्यावसायिक बनाउन थालिएको छ ।



युवालाई व्यावसायिक बनाउन सकेको अवस्था गाउँपालिका दूध, तरकारी र मासुमा आत्मनिर्भर हुने गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । दूधमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा, तरकारीमा प्रतिकिलो एक रुपैयाँ ५० पैसा र खसीबोकामा प्रतिकिलो रु २० अनुदानको व्यवस्था गरिएको गाउँपालिका प्रवक्ता विष्णु पोखरेलले बताउनुभयो ।

गाउँपालिका क्षेत्रभित्रको भुवन पोखरी, सोमादी, मुभुङ्ग र छहरामा गाईभैँसीपालन गरी दूधको कारोवार बढ्दो छ । जिल्लाका रिब्दिकोट तिनाउ र बगनासकाली गाउँपालिकामा दूध उत्पादनका आधारमा अनुदान वितरणलाई कार्यान्वयन गर्न थालेपछि रैनादेवी छहरा गाउँपालिकाले पनि अनुदानको कार्यक्रम ल्याएको छ ।

अनुदानका लागि सङ्घ संस्था, समूह तथा सहकारीमार्फत कारोवार गर्नेलाई मात्र अनुदान प्रदान गरिनेछ । गाउँपालिकाले कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ ८० किसानलाई भकारो सुधार कार्यक्रममा प्रतिभकारो सुधारका लागि रु सात हजार अनुदान प्रदान गरिने भएको प्रवक्ता पोखरेलले बताउनुभयो । गाउँपालिकाले किसानलाई मिल्कएनलाइजर, मिनि टेलर, मिल्क क्यानलगायतका कृषि औजारमा अनुदानका कार्यक्रम ल्याएको हो ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि