स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

दुई महिलाको शव भेटियो

लास - शव
सेयर गर्नुहोस

२६ साउन :चितवनमा दुई महिलाको शव भेटिएको छ । नारायणी नदी किनारमा भरतपुर महानगरपालिका–१६ की ३१ वर्षीया कृष्णमाया तामाङको शव आज फेला परेको हो ।

माछा मार्ने क्रममा साउन २२ गते नदीमा बेपत्ता भएकी तामाङको शव सोही स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै भरतपुर महानगरपालिका–१६ भङ्गेरी कटेज नजीकै नारायणी नदी किनारमा आज अन्दाजी ५५ देखि ६० वर्षीया एक महिलाको शव फेला परेको छ । उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -