अन्नपूर्ण पदमार्गमा हामखोला झरना पर्व अन्नपूर्ण पदमार्गमा हामखोला झरना पर्व



२२

२५ साउन :नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन गर्ने उद्देश्यले अन्नपूर्ण पदमार्गमा हामखोला झरना पर्व (वाटरफल फेस्टिबल) २०७६ सञ्चालन गरेको छ । आज महोत्सव हामखोला व्यवस्थापन समिति भुलभुलेद्वारा सो पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा सो पर्व (फेस्टिबल) को आयोजना गरिएको हो ।

यस पर्वको उद्घाटन गर्दै सो गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले यस महोत्सवले गाउँपालिकासँगै पूरै जिल्लाको प्रचारप्रसार भएकाले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । आगामी दिनमा यस झरनालाई थप व्यवस्थित बनाउँदै पर्यटकको मुख्य आकर्षणको केन्द्र बनाउने तयारीमा रहेको उहाँको भनाइ छ । गाउँपालिकाभित्र अन्नपूर्ण पदमार्ग रहेकाले पनि बाह्य तथा आन्तरिक पर्यटक आउने हुँदा विभिन्न पर्यटकीयस्थल निर्माण गर्ने उहाँले बताउनुभयो । हामखोला झरना महोत्सव उपसमितिका संयोजक प्रमोद घलेले भन्नुभयो, “भम्रण वर्ष सफल बनाउन र पर्यटकीय सम्भावना गाउँपालिकाका रुपमा चिनाउनका लागि सो महोत्सव आयोजना गरिएको छ ।” गाउँपालिकाको रु एक लाख सहयोगमा यस महोत्सव आयोजना गरिएको समितिका सचिव रवि थापाले बताउनुभयो ।



महोत्सवमा डिजे डेकिङको विशेष प्रस्तुति रहेको थियो । साथमा स्थानीय कलाकारलेसमेत सांस्कृतिक प्रस्तुति देखाएको थियो । सो महोत्सव तथा झरना हेर्नका लागि जिल्ला र जिल्ला बाहिरका पर्यटककोसमेत बाक्लो उपस्थित थियो । करीब ७० मिटर माथिबाट पानी झरेको झरना नजिकै आन्तरिक तथा बाह्य पर्यटकका लागि तीन वटा स्वीमिङ पुलसमेत बनाउन थालिएको छ । गत वर्ष गाउँपालिकाले पर्यटकलाई मध्यनजर गर्दै करीब रु १० लाख लागतमा सो झरनासम्म जाने सिँढी र फलामे फललगायतका पूर्वाधार निर्माण गरेको थियो । यस झरनामा पछिल्लो समयमा बाह्य तथा आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि