स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

‘बुबा–आमाको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर’

सेयर गर्नुहोस

कवि एवं समाजसेवी सुन्दरमान श्रेष्ठ ‘बागमती भाइ’ले आफ्ना स्व बुबा हरिमान श्रेष्ठ र आमा स्व सूर्यभक्ति श्रेष्ठको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नुभएको छ ।

समाजसेवी श्रेष्ठले गोरख प्राकृतिक चिकित्सा कालिमाटीको सहकार्यमा आफ्ना बुबाआमाको सम्झनामा आज काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुभएको हो ।

स्वास्थ्य शिविरमा जोर्नी दुख्ने, घुँडा दुख्ने, युरिक एसिड, पिनास, ग्यास्टिक, टाउको दुख्ने, कान दुख्ने, आँखा दुख्ने, महीनावारी गढबढीलगायतका समस्याको जाँच गरिएको थियो ।

स्व हरिमान तथा सूर्यभक्तिका डा हरिमाया प्रधान, सानुमाया श्रेष्ठ र गीता श्रेष्ठ छोरीहरु हुनुहुन्छ । स्वास्थ्य शिविरमा ६८ जनाले स्वास्थ्य जाँच गराएका थिए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -