स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

सभामुख महराद्वारा पुस्तक लोकापर्ण

सेयर गर्नुहोस

सभामुख कृष्णबहादुर महराले नेपाल स्रोतसाधन, सीप र श्रमले भरिपूर्ण भएकाले समृद्धिका लागि ठीक ढङ्गले परिचालन गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।

पूर्व प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलेको ‘आफ्नो भूमि आप्mनै अनुभव’ नामक कृति लोकापर्ण गर्दै उहाँले प्रकृति स्रोत साधन, दुर्गम बस्तीका जीवन भोगाइएका हरेक विषय वस्तुलाई समेटिर लेखिएको उक्त पुस्तक नयाँ पुस्ताका लागि अन्यन्त उपयोगी हुने धारणा व्यक्त गर्नुभयो ।

समालोचक ज्ञानु अधिकारीले उक्त कृतिमा व्यक्तिको वैत्तिक तथा पारिवारिक जीवन भोगाइलाई विषय बनाएर खण्ड–खण्डमा विभाजन गर्न सफल भएको बताउनुभयो ।

वरिष्ठ पत्रकार तथा साहित्यकार प्रमोद प्रधानले आत्मकथाका कृतिले भावी पुस्तालाई उत्प्रेरित गर्न सहयोग पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, “आत्मकथा कृतिले आफ्नो कमि कमजोरी प्रस्तुत गर्न सक्नुपर्ने हुन्छ ।”

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -