मुलुकमा सामन्तवाद अवशेषको अन्त्य हुँदै : मुख्यमन्त्री गुरुङ मुलुकमा सामन्तवाद अवशेषको अन्त्य हुँदै : मुख्यमन्त्री गुरुङ



१०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक सामन्तवाद अवशेषको अन्त्य गर्ने चरणमा पुगेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४१औँ स्मृति दिवसको अवसरमा पोखरा–७ मासवारस्थित पुष्पलालको सालिकमा माल्यार्पण गर्दै उहाँले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व पुष्पलालको विचारको जगमा देश वर्तमान अवस्थासम्म आइपुगेको बताउनुभयो ।



नेपाली कम्युनिष्ट आन्दोलनले सफलता प्राप्त गर्दै राष्ट्रकै नेतृत्व गरिरहेको उल्लेख गर्दै उहाँले समाजवादोन्मुख हाम्रो देशलाई विकास र समृद्धिको मार्गमा लैजाने गहन जिम्मेवारीलाई वहन गर्नु वर्तमानको आवश्यकता रहेको औँल्याउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली जनताले विश्वास गरेर वर्तमान अवस्थामा पु¥याएको बताउँदै मुख्यमन्त्री गुरुङले अब देश र जनतालाई योगदान दिन सकेमा नै पुष्पलालप्रति सच्चा श्रद्धाञ्जलि हुने उल्लेख गर्नुभयो ।

पार्टीको गण्डकी प्रदेश इन्चार्जसमेत रहनुभएका गुरुङले समाजवादमा आधारित भएर उत्पादनमा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो । नेकपा कास्कीका अध्यक्ष एवं प्रदेशसभा सदस्य कृष्ण थापाले पुष्पलाल स्मृति उद्यानलाई व्यवस्थित बनाउन पार्टी कार्यकर्ता, जनप्रतिनिधि, समाजसेवी एवं सर्वसाधारणको महत्वपूर्ण सहयोग रहँदै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य सोमनाथ अधिकारी (प्यासी), केन्द्रीय सदस्य तुलबहादुर गुरुङ, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज राजकाजी गुरुङलगायत पार्टीका केन्द्र र जिल्लास्तरका नेता तथा कार्यकर्ताले पुष्पलालको सालिकमा माल्यार्पण गर्नुभएको थियो । (


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि