स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

बाढीपीडितलाई राहत वितरण

सशस्त्र प्रहरी बल उद्धारमा सक्रिय
सेयर गर्नुहोस

उदयपुर जिल्लाको सबैभन्दा बढी बाढीपीडित क्षेत्र बन्न पुगेको बेलका नगरपालिका वडा नं १ र २ का पीडित परिवारका लागि बेलका नगरपालिका र जिल्लाका विभिन्न गैरसकारी सङ्घसंस्थाले राहत वितरण शुरु गरेका छन् ।

शनिबार उदयपुर प्रदेश नं १ का प्रदेशसभा सदस्य, नेपाल रेडक्रस र बेलका नगरपालिकाका प्रतिनिधिको उपस्थितिमा तपेस्वरी तथा आम्वासी क्षेत्रका दुई दर्जन बाढीपीडित घरपरिवारका लागि राहत वितरणकार्य सम्पन्न भएको छ । बेलका नगरपाकिाका अनुसार जिल्ला रेडक्रसको अगुवाइमा आम्वासी र तपेश्वरी क्षेत्रका बाढीपीडितका लागि चामल, तेल, दाल, चिनी चिया, भाँडाकुँडासहित झुल वितरण गरिएको छ ।

यस्तै बाढीपीडितका लागि लत्ताकपडा र ओढ्ने ओछ्याउने कपडासमेत व्यवस्था गरिएको बेलका नगपालिकाका मेयर दुर्गाकुमार थापाले बताउनुभयो । बेलकाका बाढीपीडितमध्ये झण्डै सयाँै घरपरिवार घरबार विहीन हुन पुगेका कारण उनीहरुका लागि नगरपालिकाले बस्ने घरसमेत तत्कालै बनाउन पहल शुरु गरिसकेको नगरप्रमुख थापाले बताउनुभयो ।

यस्तै तपेश्वरी क्षेत्रमा १० दिनअघि आएको बाढीले झण्डै ४०० हेक्टर क्षेत्रफलको धानबाली नष्ट बनाएका कारण बेलका नगरपालिकाले पुनः धान रोप्न धानको बीउसमेत उपलब्ध गराउन लागेको छ ।

यो क्षेत्रमा पहिलोपटक राहत वितरणकार्य शुरु गरिएको र अब दोस्रो र तेस्रो चरण गरेर राहत वितरण गरिँदै जाने जिल्ला रेडक्रस उदयपुरका अध्यक्ष विनोद बस्नेतले बताउनुभयो ।

लागुऔषधसहित चार पक्राउ

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१३ असारीको किराँतचोकबाट शनिबार साँझ चार युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी पक्राउ पर्नेमा त्रिनपा–१३ का २२ वर्षीय रविन राई, १६ वर्षीय सुगम राई, २४ वर्षीय दिनेश दनुवार र १४ वर्षीय प्रदीप सुर्खेती रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

गोप्य सूचनाका आधारमा सादा पोशाकमा गएका प्रहरीले अभियुक्तहरुलाई लागुऔषधसहित पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताउनुभयो । पक्राउ गरिएका युवकबाट लागुऔषध फेनारगन २८ एम्पुल, लुपिजेसिक १८ एम्पुल, डाइजोल्याप, १८ एम्पुलसहित लागुऔषध प्रयोग गरिरहेको बेला रङ्गेहात पक्राउ गरिएको उहाँले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -