स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

पत्रकारिता पढेरभन्दा पनि परेर गर्ने कुरा हो

सेयर गर्नुहोस

३ श्रावण २०७६, शुक्रबार : व्यावसायिक पत्रकारिताका लागि व्यावहारिकसँगै उच्च शिक्षाको आवश्यकता आँैल्याइएको छ । काठमाडौँको सेफर्ड कलेजद्वारा आज आयोजित ‘मिडिया शिक्षाको अवस्था’ विषयक अन्तक्र्रियाका सहभागीले पत्रकारिताको सैद्धान्तिक र उच्च शिक्षाको ज्ञान आवश्यक भएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेशराज आचार्यले पत्रकारिता पढेरभन्दा पनि परेर गर्ने कुरा हो भन्नुभयो । बुझाइले महत्व कम देखिए पनि विस्तारै सबै क्षेत्रमा पत्रकारिताको आवश्यकता महसुस हुन लागेको उहाँले बताउनुभयो । कलेजका प्रिन्सिपलसमेत रहनुभएका डा आचार्यले कतिपय सरकारी जागिरमा पत्रकारिता पृष्ठभूमिका कर्मचारीको आवश्यकता देखिने गरेको उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता पढेर पत्रकारिता मात्रै गर्नुपर्ने बुझाई गलत भएको भन्दै आम सञ्चार अध्ययनले अन्य क्षेत्रमा समेत सहयोग पुग्ने धारणा राख्नुभयो । पत्रकार जगत् नेपालले पत्रकारिताको अध्ययन गर्नेले पत्रकारिता पेशालाई व्यावसायिक बनाउन योगदान पु¥याएको धारणा राख्नुभयो । “पत्रकारको सामाजिक सुरक्षाको अवस्था कमजोर भएका कारण शिक्षापश्चात् व्यावसायिक पत्रकारितातर्फ आकर्षण कम भएको छ”, नेपालले भन्नुभयो ।

कार्यक्रममा पत्रकार महासङघका उपाध्यक्ष विपुल पोखरेल, पत्रकार विजय पौडेल, अविरल थापा, भीम गौतम, जुनारबाबु बस्नेत, रविन पोखरेललगायतले पत्रकारिता शिक्षाको आवश्यकता तथा व्यावसायिक पत्रकारितामा यसको भूमिका र अवस्थाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -