स्वागतम्,
Sunday 28th April 2024   |   Switch to English
Times of Nepal

विद्युतीय बस खरीद गर्न साझालाई तीन अर्ब

Sajha Yatayat buses
सेयर गर्नुहोस

सरकारले तीन सय विद्युतीय बस खरीद गर्न साझा यातायात सहकारी संस्थालाई रु तीन अर्ब निकासा गरेको छ ।

बस खरीदका लागि नेपाल सरकारबाट साझाका खातामा रकम आइसकेको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताउनुभयो । विद्युतीय बस खरीद गर्नेबारे मन्त्रिपरिषद्ले केही समय पहिले निर्णय गरेको थियो । सरकारले यस वर्षको बजेटमा समेत बस खरीदका लागि रकम छुट्याएको थियो ।

संस्थाले प्रदेश ३, काठमाडौँ र ललितपुर महानगरपालिकासँगको सहकार्यमा पनि बस खरीद गर्दैछ । गत महीना मात्रै प्रदेश ३ ले ३० करोड, काठमाडौँ महानगरपालिकाले रु १० करोड, ललितपुर महानगरपालिकाले साढे दुई करोड र साझा आफैँले साढे दुई करोड गरेर रु ४५ करोडमा बस खरीद गर्ने सम्झौता भएको थियो ।

जनतासँग प्रधानमन्त्री कार्यक्रम– सरकारका उपलब्धि जनतामाझ पु¥याउन सहज प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’बाट सरकारले गरेका काम जनतासमक्ष पु¥याउन सहज भएको बताउनुभएको छ ।

‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’ एक वर्ष पुगेका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले यस कार्यक्रममार्फत देशको आकाङ्क्षा, सरकारका उपलब्धि र प्रतिफल जनतासँग पु¥याउन सहज भएको बताउनुभयो ।

“यस कार्यक्रममार्फत देशको अवस्था, सरकारका उपलब्धि, सडक यातायातको चर्चा, राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने दृष्टिकोण प्रस्तुत गरेका छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उक्त कार्यक्रम हरेक बुधबार राति ९ देखि १० बजेसम्म नेपाल टेलिभिजनबाट एक वर्षसम्ममा ५० अङ्क प्रसारण भएको थियो । कार्यक्रम सञ्चालक मनोज पाण्डेले आजैबाट जनतासँग प्रधानमन्त्री कार्यक्रमको प्रसारण समापन गरिएको जानकारी दिनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री पुस्तकको पनि विमोचन गर्नुभएको थियो

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -