बाँदरमुढे घटना पीडितलाई पच्चीस लाख सहयोग बाँदरमुढे घटना पीडितलाई पच्चीस लाख सहयोग


money, trending news, hot news, latest news
१०

बाँदरमुढे घटनाका पीडितलाई माडी नगरपालिकाले रु २५ लाख सहयोग गरेको छ । नगरपालिकाले पीडितको आयआर्जनमा वृद्धि गर्न सहयोग पुगोस् भनेर रु एक÷एक लाखका दरले पहिलो चरणमा २५ जनालाई चेक हस्तान्तरण गरेको हो ।

बाँकी पीडितलाई दोस्रो चरणमा सहयोग गर्ने नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो । निर्वाचनका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बाँदरमुढे घट्नाका पीडितले गरेको तीन बँुदे सम्झौता कार्यान्वयनको पहिलो प्रक्रिया शुरु भएको ढकालले बताउनुभयो ।



ढकालको संयोजकत्वमा सम्झौता कार्यान्वयन गर्न बनेको समितिले पीडितको आर्थिक, सामाजिक, पारिवारिकलगायत अवस्थाबारे स्थलगत प्रतिवेदन तयार गरी पार्टी अध्यक्ष दाहाल समक्ष पेश गरी केन्द्रबाट गर्नुपर्ने कामको बारेमा सिफारिस गरेको थियोे ।

सोहीअनुसार बाँदरमुढे घटनास्थलमा रु दश करोडको लागतमा उद्यानसहित मन्दिर तथा सङ्ग्रहालय बनाउने विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ । आगामी आवदेखि सो उद्यानको निर्माण शुरु गरिने बताइएको छ ।


User Avatar
द टाइम्स अफ नेपाल
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि