स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

१४६ घरपरिवारलाई सौर्य ऊर्जा वितरण

Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world. Get all exclusive Breaking News Nepal, current headlines, live news, including hot topics, latest breaking news on business, sports, world and entertainment. solar
सेयर गर्नुहोस

विद्युत्को केन्द्रीय प्रसारण लाइनदेखि टाढा रहेका निस्दी गाउँपालिकाका १४६ घरपरिवारलाई सौर्य ऊर्जा प्रदान गरिएको छ । यहाँका २ र ६ वडाका नागरिकलाई भौतिक तथा पूर्वाधार मन्त्रालय प्रदेश नम्बर ५ को सहयोगमा सौर्य ऊर्जा वितरण गरिएको हो ।

मन्त्रालयको ९० प्रतिशत अनुदान र उपभोक्ताको १० प्रतिशत लगानीमा दुई नम्बर वडाका ५३ घर र ६ नम्बर वडाका ९३ घरपरिवारले सौर्य ऊर्जाको सुविधा उपभोग गर्न पाउने भएका छन् । टुकीरहित गाउँपालिका बनाउने उद्देश्यका साथ घरघरमा सौर्य ऊर्जामार्फत उज्यालो दिन खोजिएको छ । प्रदेश सरकारको सहयोगमा २० वाट क्षमताको सौर्य ऊर्जा सहयोग गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं ६ का अध्यक्ष मेखबहादुर सुनारीले जानकारी दिनुभयो ।

विद्युत् केन्द्रीय लाइन नपुगेको यस गाउँमा प्रदेश सरकारको अनुदानमा सौर्य ऊर्जा सहयोग पाएपछि स्थानीयमा ठूलो राहत पुगेको छ । टुकीको भरमा जीवन गुजारा चलाउँदै आउनुभएका खेमबहादुर विकले सौर्य ऊर्जा पाएपछि खुशी लागेको बताउनुभयो ।

निस्दी गाउँपालिकाका सबै वडालाई उज्यालोमय वडा बनाउने अभियान रहेको छ । विद्युत् केन्द्रीय लाइनको पहुँच नपुगेको यस गाउँपालिकामा सौर्य ऊर्जा प्रणालीबाट भए पनि स्थानीयवासीलाई सुविधा दिने योजना रहेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । विपन्न, दलित परिवारले सौर्य ऊर्जा खरीद गर्न नसक्दा टुकी बालेर गुजारा चलाएका नागरिकको घरमा सौर्य ऊर्जा जडान गरिएपछि खुशियाली छाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -