स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

खडेरीले मरेको बीउ रोप्दै किसान

चैते धान, - The Times of Nepal
सेयर गर्नुहोस

जिल्लाका किसानले भर्खर धान र कोदो रोप्न थालेका छन् । लामो समय खडेरीका कारण रोपाइँ गर्न नसकेका किसानले वर्षापछि रोपाइँको काम थालेका हुन् । अघिल्ला वर्ष असार पहिलो साता नै धान तथा कोदो रोप्ने काम अन्तिम चरणमा पुग्ने भए पनि पानी अभावले यस वर्ष ढिला रोपाइँ गरिएको रुम्जाटारका किसान खड्गकुमारी दाहालले बताउनुभयो ।

“खडेरीले बीउ राख्न दिएन, धाराको पानीले राखेको बीउ पनि उम्रन नपाउँदै घामले सुकेर म¥यो”, उहाँले भन्नुभयो, “असार सकिन लागेपछि बाढी बग्ने गरी पानी त आयो तर बीउ छैन के रोप्नु ? त्यही मरेको बीउ सुम्सुम्याउँदै रोप्न थालेका छौँ, खेत बाँझो नहोेस् भनेर खडेरीले सुकेको बीउ पनि रोप्न बाध्य छौँ ।”

वर्षापछि जिल्लाका सबै क्षेत्रमा रोपाइँको काम धमाधम भइरहेको छ । लिखु गाउँपालिकाको पोकली, गाम्नाङटार, यसम, टारकेराबारी, मोलुङको हर्कपुर, प्राप्चा, रामपुर, सिद्धिचरण नगरपालिकाको रुम्जाटार, वर्णालु, खिजीदेम्बाको रगनी, चण्डेश्वरी खिजीकाती, चम्पादेवीको फूलबारी, बिलन्दु, चिशङखुको कुइभिर, सेर्ना मानेभञ्ज्याङको टोक्सेल, उँबु, बाक्सा र सुनकोशीको कटुञ्जे, सिस्नेरी बलखुका किसानलाई यतिबेला रोपाइँको चटारो छ ।

“जेठ र असार महीना पानी कहिले पर्ला भन्ने आशले आकाश हेरेर दिन बिताइयो”, पोकलीका कृषक राम घिमिरेले भन्नुभयो, “साउन लाग्ने बेलामा सबैका खेतमा रोपाइँ धमाधम भइरहेको छ ।” जिल्लाको चार हजार ५०० हेक्टर जमीनमा धानखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यही असार २५ गतेसम्म कूल जमीनको करीब २२० हेक्टर जमीनमा मात्रै रोपाइँ भएको थियो । अहिले दैनिक सय हेक्टरभन्दा बढी जमीनमा रोपाइँ भइरहेको तथ्याङ्क आएको उक्त केन्द्रका प्रमुख मोहनप्रसाद खतिवडाले बताउनुभयो ।

कुलो बाढीले बगाउँदा

लामो समय खडेरीको मार खेपेका किसान वर्षापछि अर्को समस्यामा परेका छन् । खोलामा आएको बाढीले सिँचाइ कुलो बगाएपछि रोपाइँ गर्न समस्या भएको सिस्नेरीका बुद्धिमान राईले बताउनुभयो । पानी पर्याप्त भएको जिल्लाको खिजीदेम्बा गाउँपालिका र केही अन्य खोला किनार नजीकका किसानले मात्रै रोपाइँको काम सहज रुपमा गरिरहेका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -